४ चैत्र २०८२, बुधबार । March 19, 2026

सहिदको त्याग र बलिदान गणतन्त्रको प्रतिफलः प्रधानमन्त्री


१६ माघ २०७९, सोमबार  

9
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको त्याग र बलिदान गणतन्त्रको प्रतिफल भएको बताएका छन् ।

सोमबार लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदको त्याग र बलिदानीबाटै मुलुकमा राजनीतिक परिवर्तन आएको बताएका छन् । सहिदहरुको योगदानको स्मरण गर्दै उनले भने– ‘२००७ देखि २०६३ सम्मको संघीय लोकतान्त्रिक गणतन्त्र आउनुमा सहिदको योगदान अतुलनीय छ ।’ उनले देश अनि जनताका निम्ति, प्रगति एवं समृद्धिका लागि आफ्नो प्राण दिनेहरु अमर र अजर रहने बताए ।

साथै राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन सहिद प्रेरणाको स्रोत बनेको उनको भनाई थियो । १६ माघलाई स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने उनले आवश्यकता औंल्याए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा