२१ मंसिर २०८२, शनिबार । December 6, 2025

डोजर आतंक बन्द गर भन्दै मेयर बालेन विरुद्ध प्रदर्शन



काठमाडौं । गैरकानुनी रुपमा निजी संरचना भत्काइएको, जथाभावी रुपमा डोजर चलाएको विरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

पुस २८ गते शंखमुलस्थित निजी घरमा महानगरपालिकाले नियमविपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काइपछि शाहविरुद्ध प्रर्दशन भएको हो । महानगरले सूचना नै जारी नगरी कम्पाउन्ड भत्काएको र उक्त कदममा कुनै कानुनी आधार नरहेको प्रदर्शनकारीको भनाइ रहेको छ ।

निजी वाल भत्काउने क्रममा महानगरले घरधनी वृद्धालाई लछारपछार गर्दै मानवअधिकार हनन् गरेको समेत प्रदर्शनकारीले बताएका छन् । काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको