४ चैत्र २०८२, बुधबार । March 19, 2026

मलेसियाका गृहमन्त्री फुद्दिन नेपाल आउँदै


१५ माघ २०७९, आइतबार  

6
Shares

काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेपाल आउने भएको छ ।

गृहमन्त्री फुद्दिनको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते नेपाल आउने भएको हो । मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न फुद्दिनको नेतृत्वमा उच्चस्तरीय टोली आउन लागेको बताइएको छ । गृहमन्त्री फुद्दिनले गृहमन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

मलेसियाका गृहमन्त्री फुद्दिनले शुक्रबार मलेसियास्थित नेपाली राजदूत डिल्लीप्रसाद पौडेलसँग छलफल गरेका थिए । मलेसियाले औपचारिक क्षेत्रसँग घरेलु कामदारसमेत पठाउन नेपालसँग लबिङ गर्ने योजना बनाएको छ । यसअघि मलेसियाले नेपाललाई लगातार घरेलु कामदार पठाउन आग्रह गर्दै आएको थियो ।

राजदूत पौडेलले यो भ्रमणलाई नेपालले रणनीतिक रुपमा बुझ्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा