४ पुस २०८२, शुक्रबार । December 20, 2025

नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै रवि लामिछाने



काठमाडौं । पुर्व गृहमन्त्री रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जने भएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अबैधानिक रहेको फैसला गरेसँगै सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका लामिछानेले आज नागरिकता लिन प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिने तयारी गरेको स्रोतले जनाएको छ ।लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको स्रोतको भनाई छ ।

लामिछानेले २०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७५ सालमा अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिन भनि नेपालस्थित अमेरिकी दूतावासलाई सूचना दिए पनि नेपाली नागरिकता पुनः प्राप्तिमा त्रुटी गरेको भन्दै सर्वोच्चद्वारा उनको नागरिकता अबैधानिक रहेको ठहर गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले