४ पुस २०८२, शुक्रबार । December 20, 2025

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले कांग्रेस,एमालेसहितको सहमतिमा राष्ट्रपति चयन गर्नेबारे छलफल भएको जानकारी दिए । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा बैठकमा सहभागी अधिकांश नेताहरुको साझा धारणा आएको उनले बताए ।

त्यसका लागि साझा व्यक्ति आवश्यक पर्ने र सोहीअनुसार सहमति जुटाउन आफूले पहलकदमी लिने माओवादीको निर्णय छ । एमालेसहित सात दलीय गठबन्धनमा रहेको माओवादीले शक्ति सन्तुलन मिलाउन संवैधानिक पदहरुमा प्रमुख दलहरुबीच न्युनतम समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ । विगतमा राष्ट्रपति र प्रधानमन्त्री यौटै पार्टीबाट हुँदा शक्ति सन्तुलन बिग्रिएकाले यसपटक सुजबुझपूर्ण निर्णय लिन स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले