१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

‘ईसेवाको कर्मचारी हुँ’ भन्दा लाखौं ठगी गर्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीले ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारिक कर्मचारी हुँ भनी ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनले ईसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नवीकरण गर्ने, केवाइसी फर्म अपडेट लगायतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनधिकृत पहुँच पुराइ १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँ : “नेपालमै छु, भावी रणनीति बनाउँदैछु”

काठमाडौँ । प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईँले आफू नेपालमै रहेको

हवाई इन्धनसँगै डिजेल र मट्टितेलको मूल्य पनि घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर

नेपाल सुपर लिग २०२५ : एफसी चितवनको शानदार सुरुवात

काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

हिमालय एयरलाइन्सद्वारा पोखरा–ल्हासा नियमित अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक नियमित