१६ फाल्गुन २०८२, शनिबार । February 28, 2026

‘ईसेवाको कर्मचारी हुँ’ भन्दा लाखौं ठगी गर्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीले ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारिक कर्मचारी हुँ भनी ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनले ईसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नवीकरण गर्ने, केवाइसी फर्म अपडेट लगायतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनधिकृत पहुँच पुराइ १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष