२२ माघ २०८१, मंगलबार । February 4, 2025

रवि लामिछानेको मुद्दामा न्यायाधीशहरू छलफलमा, सर्वोच्चमा बढाइयो सुरक्षा



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामाथिको बहस सकिएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा दुवैतर्फमा कानुन व्यवसायीले बहस सकेका छन् । बहस सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् । साथै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ ।

प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको हो । नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै उनीहरुले गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको