२२ माघ २०८१, मंगलबार । February 4, 2025

राज्य संयन्त्रहरु ट्रयाकभन्दा बाहिर भएकाले काम गर्न कठिनाई भएको छः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भईरहेको बताएका छन् ।

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको उल्लेख गर्दै अव केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताए ।

त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरेका छन् । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको