२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

सांसद कोइरीलाई कारबाही गर्न एमालेबाट बाधा हुँदैन्ः महासेठ



काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाऊ गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नपर्‍याउने समेत स्पष्ट पारे । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदक दिनका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो ? भन्दै पटकपटक प्रश्न समेत गरेका छन् ।

महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई पुजा गरेर जसरी सम्मान गरिरहेको बेला उनिमाथि अपराधी करार गर्ने काम सांसदहरुले गर्न नहुने उनको तर्क छ । सचिव महासेठले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन ? भनेर विचार गर्न पनि आग्रह गरे ।

सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको भन्दै उनले कानुन बमोजिम कारबाही गर्न सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ