२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

दलहरुबीच गहिरो एकताको खाँचो छःवरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।

प्रतिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिदै उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने बताए । मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको उनको भनाई छ ।

आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै उनले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताए । पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उनको भनाइ छ ।

विधिको शासन नै लोकतन्त्र भएको जनाउँदै उनले विधिको सशासनलाई सबैले मान्नुपर्ने बताए । “सभामुखले पूर्वाग्रही विचार राख्नु हुँदैन, यसबाट जोगिएर काम गर्नुहोला । सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्छ, त्यसतर्फ सचेत हुनुपर्छ”, उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ