४ चैत्र २०८२, बुधबार । March 19, 2026

राष्ट्रपति निर्वाचन समयमै गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन काँग्रेसको माग


९ माघ २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।

‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकतावद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो । संविधान र ऐनको विषयमा केही विरोधाभाष देखिएको छ । उनले भने, ‘मुख्य गरी त संविधानको जे प्रबन्ध छ । संविधानको प्रबन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ । राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानुन र यसका स्पिरिट अनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, त्यो स्थानमा पु¥याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा हो । फागुन २८ सम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति विदाई हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ ।

त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले त्यो तत्परता देखाउनु पर्छ ।’ बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकतावद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराएका थिए । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताए ।

काँग्रेसले सत्तारुढ नेकपा (माओवादी केन्द्र) को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा