१६ फाल्गुन २०८२, शनिबार । February 28, 2026

नेपाल चिकित्सक संघको निर्वाचन आजदेखि सुरु



काठमाडौं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ ।

समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा धनवहादुर रानामगरले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने निर्वाचनमा ६ हजार चार सय जना मतदानमा सहभागी हुँदैछन् ।

भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ । काठमाडौं उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवारहरु डा सन्तोष पौडेलको प्रगतिशील समूह, डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो