२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

नेपाल चिकित्सक संघको निर्वाचन आजदेखि सुरु



काठमाडौं । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ ।

समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा धनवहादुर रानामगरले जानकारी दिए । उनका अनुसार आज र भोलि हुने निर्वाचनमा ६ हजार चार सय जना मतदानमा सहभागी हुँदैछन् ।

भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ । काठमाडौं उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवारहरु डा सन्तोष पौडेलको प्रगतिशील समूह, डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको