२२ माघ २०८१, मंगलबार । February 4, 2025

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डाद्वारा राजीनामा



एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने भएकी छन् ।

आगामी महिना उनले न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । उनले बिहिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् । बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् ।

केही समयपछि नै उनको कार्यकाल अब सकिँदै थियो । तर अर्को निर्वाचनमार्फत पुनः प्रधानमन्त्री बन्ने मौका भए पनि उनले त्यसो नगर्ने भएकी हुन् । साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यवसायिक रूपमा कुनै योजना नभएको भन्दै भविश्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन्।

न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ । सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछन्। सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ

माघ २२ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २२ गते

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक