२२ माघ २०८१, मंगलबार । February 4, 2025

विदेशमा नेपाली दूतावास छिर्दा घरजस्तो महशुस हुने बनाउँछुः परराष्ट्रमन्त्री पौडेल



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।

मंगलवार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताएकी हुन् । उनले परराष्ट्र मन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताइन् । उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताइन् ।

नेपालको हीतमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बताइन् । नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि पौड्यालको भनाई छ । मन्त्री पौडेलले नेपालको राजदुतावासमा नेपाली जाँदा घरजस्तो फिल गर्नुपर्ने भन्दै नेपालीहरु बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महशुस हुने वातावरण बनाउने बताइन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुनः उकालो लाग्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ

माघ २२ गते मंगलबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २२ गते

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक