७ चैत्र २०८१, शुक्रबार । March 21, 2025

माओवादीले शर्मा, किराँती र मोदीलाई मन्त्री बनाउने, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ।

शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् ।

यसअघि उनी दुई पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन् । उनी माओवादीभित्र संसदीय गतिविधिमा समेत अब्बल मानिन्छिन् ।

माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादी संसदीय राजनीतिमा आएपछि प्रमुख सचेतकसमेत भइसकेकी छिन् । यस्तै, पर्यटन मन्त्री बन्न लागेका किराँती भोजपुरबाट चुनाव जितेका हुन् । उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन् ।

किराँतीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए। किराँती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए। यसैगरी, संघीय मामिला मन्त्री हुन लागेका मोदी मोरङ ५ बाट चुनाव जितेका थिए।

उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए। सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो । यसअघि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन्।

एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ । माओवादीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे मंगलबार बिहान बालुवाटामार पदाधिकारी बैठक गरी छलफल गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४

सिटिजन्स बैंकको मोबाइल एपमार्फत प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने

बुटवलमा खाद्य अनुगमन: अखाद्य पदार्थ जफत र सुधारका निर्देशन

बुटवल । बुटवल बजारमा खाद्य सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा