८ चैत्र २०८२, आइतबार । March 22, 2026

पल शाह विरुद्धको मुद्दाको फैसला आज


३ माघ २०७९, मंगलबार  

9
Shares

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाह विरुद्धको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ ।

बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा मंगलबार सुनुवाइ तोकिएको छ । शाहमाथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेको र मंगलबार सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। थप अनुसन्धानको लागि नवलपुर अदालतको फैसला मगाएको पनि उनले जानकारी दिए ।शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो ।

तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्ष कैद सजाय तोकेको छ। नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित प्रति उपलब्ध गराउन तनहुँ जिल्ला अदालतले पत्राचार गरेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए। न्यायाधीश कमलप्रसाद आचार्यले नवलपुर अदालतको फैसलाको माग गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते किशोरीका बुवाले आफ्नी छोरीमाथि शाहले पटक–पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।जाहेरीपछि शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए ।

पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि किशोरीले बयान फेरेकी थिइन्।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो