८ चैत्र २०८२, आइतबार । March 22, 2026

पोखरा विमान दुर्घटनामा मृत्यु भएका ७० जनाको शव भेटियो, २ जनाको खोजी जारी


३ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये हालसम्म ७० जनाको मात्र शव भेटिएको छ भने दुई जनाको अवस्था अझै अज्ञात छ ।

सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन मंगलबार पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् । एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका २ जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित ४ वटा ड्रोनको प्रयोग गरिनेछ । सोमबार ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ ।

शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभनसमेत भएको थियो । दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ । अपुष्ट, विदेशी एवं पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो ।

त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि सोमबार नै पोखरा गइसकेको थियो । तर, पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले मंगलबारमात्रै काठमाडौं पठाउन लागिएको एसपी केसी जानकारी दिए । ‘यहाँ भएका शव बिहान ८ बजेपछि पोस्टमार्टम हुनेछन् । बाँकी शव बिहान १० बजेभित्र काठमाडौं लगिसकिन्छ,’ उनले भने ।

आइतबार काठमाण्डौँबाट पोखरातर्फ जाँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो