४ पुस २०८२, शुक्रबार । December 19, 2025

मन्त्रालयको भागबन्डा टुंगियो, नयाँ मन्त्रीको शपथ भोलि



काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो । सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालयले चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताए । उनले भने, ‘कुन पार्टीले कुन मन्त्रालयको जिम्मा लिने सहमति भइसकेको छ ।

मन्त्रालयको बाँडफाँट चाहिँ टुंगो लाग्यो । भोलि मन्त्री सार्वजनिक गर्ने तयारी छ ।’ मन्त्रालयको बाँडफाँटको लागि फेरि बैठक बस्नु नपर्ने गृहमन्त्री लामिछानेको भनाइ छ ।

उनले भने, ‘हामी फेरि मन्त्रालय बाँडफाँडका लागि बैठक बस्दैनौं । पार्टीमा छलफल गरेर मन्त्रीहरू सार्वजनिक गर्छौं ।’ लामिछानेका अनुसार नयाँ मन्त्रीहरूलाई भोलि दिउँसो १ बजेसम्म शपथ गराइनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले