६ चैत्र २०८१, बिहिबार । March 20, 2025

अफगानिस्तानका पूर्वसांसदको गोली हानी हत्या



एजेन्सी । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ ।

काबुलस्थित आफ्नै घरमा बसिरहेका बेला ३२ वर्षीया मरसल नविजादाको गोली हानी हत्या गरिएको हो । आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ ।

नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् । तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक

काठमाडौं । सरकारले अबको ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम,

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान

पाँचौँ दिन पनि नेप्से परिसूचकमा गिरावट, कारोबारमा हलचल

काठमाडौं। आज पनि शेयर बजारमा गिरावट आएको छ, र यो

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न

रोग र कीराले बगानलाई ठुलो धक्का, समाधानका लागि विज्ञ टोली मैदानमा

भोजपुर। अलैँची किसानहरूको सामना गर्दै विभिन्न समस्याहरूको समाधान खोज्न विज्ञहरूको