६ चैत्र २०८१, बिहिबार । March 20, 2025

कर्णालीको सभामुखका लागि आज मतदान



सुर्खेत । कर्णाली प्रदेशको सभामुखका लागि आइतबार (आज) निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि बिहान ११ बजेका लागि समय तोकिएको सचिवालयले जनाएको छ । सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ । सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो ।

एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव जित्ने अवस्था छैन।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन