२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मुक्ति कृषि सहकारीको अध्यक्षमा आचार्य निर्वाचित



विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् ।

स्थापनाकाल देखि निरन्तर अध्यक्ष हुँदै आएका आचार्य पुनः निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन प्रक्रियामा आचार्यसहित कार्यसमितिका उपाध्यक्ष युवराज कोइराला, सचिवमा लोकनाथ फुयाल र कोषाध्यक्षमा लाखबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

७ सदस्यीय कार्यसमितिको सदस्यमा नवराज भट्टराई, चन्द्रमाया मगर र जमुना अधिकारी (ओझा) चयन भएका हुन् । यस्तै लेखा समितिको संयोजकमा टिका प्रसाद कोइराला तथा सदस्यहरुमा अम्बिका कोइराला र रिना कार्की चयन भएका छन् । २०७१ सालमा स्थापित सहकारीले गत आर्थिक वर्षमा डेढ करोड बढीको कारोबार गरेको छ भने ८ लाख ७५ हजार शेयरपूँजी रहेको सहकारीले गत आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ७८ हजार ३१७ मुनाफा गरेको छ ।

चार लाख १ हजार ७२७ रुपैयाँ बराबरको स्थिर सम्पत्ती रहेको सहकारीमा ६६ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको