५ चैत्र २०८१, बुधबार । March 20, 2025

निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय दिलाउँछुः गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माईतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गरेका छन् ।

शनिवार माईतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरुसँग भेट गरेको हुन् । विगत केही दिन यता बाँकेका अधिकारकर्मीहरुको एक टोली माईतीघर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि धर्नामा छन् ।

यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरुले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले यसअघिका सरकारले पटक–पटक प्रतिवद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिनेकुरामा विश्वस्त रहन आग्रह गरे ।

अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभुति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको अधिकारकर्मीहरुको आरोप छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर