३ पुस २०८२, बिहिबार । December 18, 2025

परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुको जोड



काठमाडौं । नेपालको परराष्ट्र नीति पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

नेपाल बुद्दिजीवि परिषद, राष्ट्रिय सुरक्षा एबं बैदेशिक सम्वन्ध अध्ययन केन्द्रले आयोजना गरेको “विश्वराजनीति र नेपाल” बिषयक अन्तर–सम्बाद कार्यक्रममा वोल्दै विज्ञहरुले सो कुरा वताएका हुन् । कार्यक्रममा विषयवस्तु माथि प्रस्तुती गर्दै राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईले नेपालको सामरिक महत्व इतिहासमै सर्वाधिक बढेको हुँदा नेपालको परराष्ट्र नीतिमा पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

सो कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चिन सम्वन्ध, नेपाल–अमेरिका सम्बन्ध र नेपालको भूराजनीतिक जटिलताको बिषयमा गम्भीर छलफल भएको भएको थियो । कार्यक्रममा नेकपा (एमाले) का परराष्ट्र मामिला बिभाग उप–प्रमुख कृष्ण बहादुर केसीले बिश्वमामिला र नेपालको बदलिएको राजनीतिक समीकरणबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बुद्दिजीवी परिषद्का उपाध्यक्षद्वय बिधान आचार्य र डा.दीपेन्द्र भण्डारी, महासचिव ई.गजेन्द्र थपलिया, उप–महासचिव सुशील बिके, देवेन्द्र ढुंगाना, श्रषि उपाध्याय, भुमिदत्त पौडेल, भावना भट्ट, रचना शाही, पूर्णचन्द्र भुषाल, पाइलट मेल्सम ओझा लगायतका बुद्दिजीवीहरुले उक्त कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रमको संचालन अध्ययन केन्द्रका सह–संयोजक हरि प्रकाश चन्द (अग्निपुंज) ले गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले