२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार (आज) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

नेकपा(एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् ।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव