२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

सुदूरपश्चिमको सभामुखका लागि आजपनि निर्वाचन हुँदै



कैलाली । बिहिबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेशको सभामुखमा शुक्रबार (आज) पनि निर्वाचन हुँदैछ ।

यस प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । बिहिबार पक्षमा र विपक्षमा गरी दुई पटकसम्म मतदान भएको थियो । पहिलो चरणमा भएको मतदानमा भीम भण्डारीले बहुमत आवश्यक मत २७ पाइसकेका थिए ।

विपक्षमा गरिएको मतदानमा सत्ता गठबन्धनकै एक सांसदको मत बदर भएपछि उनको मत २६ पुगेको थियो । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

बिहिबार कसैको पनि २७ मत नपुगेपछि शुक्रबार ११ बजे फेरी निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव