२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

खराब मौसमका कारण नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित



बाँके । हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् । हरेक दिन जहाजले एउटा मात्रै उडान भर्ने भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन् । जहाजको क्षमता १८ जनाको भएपनि जहाजमा समानहरु भरेर दैनिक करिब १२ देखि १५ जना मात्रै हुने गरेको स्थानीयको भनाई छ । नेपालगञ्ज विमानस्थलबाट समान्य मौसममा दैनिक २० देखि २५ वटा उडान हुँदै आएको छ ।

विमान स्थालबाट काठमाडौं, पोखरा लगायत विभिन्न पहाडी जिल्ला हुम्ला, जुम्ला, मुगु, बाजुरा, रुकुम जिल्लामा पनि उडान हुँदै आएको छ । अहिले जाडो मौसममा हुस्सु र शितलहरका कारण विमानस्थलबाट हुने उडान प्रभावित हुँदै आएको नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख सुरेशप्रसाद खनालले बताए । उनले बिहान हुने उडान मौसम खराबीका कारण दुईदेखि तीन घण्टा ढिलो हुने गरेको बताए ।

चिसोका कारणले पहाडी भेगका मानिसहरु धेरै कम मात्रामा जहाजबाट यात्रा गरिरहेको प्रमुख खनालको भनाई छ । जहाजमा मानिसहरु यात्रा कम गर्न थालेपछि एयारलइन्सहरुले कार्गो गरिरहेको उनले बताए । यात्रुहरु अपुग भएपछि एरलइन्सहरु मिलेर सिमित उडान गरिरहेको प्रमुख खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको