४ चैत्र २०८२, बुधबार । March 18, 2026

भ्रष्टाचारबारे निर्मम ढंगले प्रस्तुत हुने गृहमन्त्रीको दावि


२५ पुस २०७९, सोमबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दवाव र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गरे । उनले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पुर्‍याउने दावी समेत उनले गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि पटकपटक दोहोर्‍याए ।

सरकार गठनका बेला सत्तासाझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिवद्धताबाट आफूहरु हौसिएको उल्लेख गर्दै त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उनको भनाई छ । उपप्रधानमन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढता समेत व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेले जनमतलाई सम्मान गरेर आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए । जनमत अनुसार सरकार बनेको र जनताको अपेक्षा अनुसार काम हुने गरी सरकारले न्यूनतम कार्यक्रम ल्याएको उनको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले आफूले सम्हालेको मन्त्रालयमा सुधारका संकेत देखिएको दावी गर्दै त्यसमा साथ दिन पनि सबै पक्षको गम्भिर ध्यानाकर्षण समेत गराए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा