२१ माघ २०८१, सोमबार । February 3, 2025

भ्रष्टाचारीको खोजि गरी कारबाही गर्नुपर्छः सांसद भण्डारी



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अहिलेसम्म भएका भ्रष्टाचारको खोजि गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्मका भ्रष्टाचारको खोजि गरेर कारबाही गर्ने हरेक कुरामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको बताए । उनले सरकारले जनताको समृद्धिका लागि आगामी दिनमा काम गर्नुपर्ने पनि उल्लेख गरे ।

जनताले छिटो छरितो सेवासुविधा चाहेको भन्दै त्यसलाई मध्यनजर गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । उनले नेता, राज्य र दलप्रति नागरिकहरुले विश्वास गुमाउँदै गएको पनि बताए ।

अहिलेको निर्वाचन प्रणालीले कुनै एक दलको मात्रै सरकार बन्न नसक्ने दाबी उनको थियो । नेता भण्डारीले राज्यले विभिन्न पक्षसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन गर्नुपर्ने औँल्याए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव