५ चैत्र २०८१, बुधबार । March 19, 2025

गण्डकीको मुख्यमन्त्रीमा अधिकारी निश्चित



पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा बन्ने निश्चित भएको छ ।

उनले सोमबार प्रदेश प्रमुख समक्षा दाबी पेश गर्ने भएका छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् । आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागबण्डा टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

प्रदेश प्रमुखले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेसँगै खगराजले छलफल तथा हस्ताक्षर संकलनको तयारी थालिसकेका थिए । गण्डकीका सत्तारुढ गठबन्धनमा सामेल ३ दलले प्रदेशको भागबण्डा टुंगो नलागे पनि मुख्यमन्त्री दाबी पेश गर्न सबैजसो तयारी आइतबारै सकेका थिए ।

दलहरु हस्ताक्षर संकलन सकेर आइतबारै तम्तयार थिए ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः यी तीन प्रदेशमा बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

२५ करोड बराबरको विदेशी मुद्रा सहित ‘फुच्चे’ पक्राउ

काठमाडौँ । प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एक