१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु



पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेका छन् । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं.१ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो