१२ असार २०८३, शुक्रबार । June 26, 2026

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० बढी घाइते


२४ पुस २०७९, आइतबार  

6
Shares

एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारी अनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए । “यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भने ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उनले बताए । भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उनको भनाई छ । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको पनि उनले उल्लेख गरेका छन् ।

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर