२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)



काठमाडौं । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ ।

यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदुषण बढी हुने गर्छ ।

यसरी चिसो मौसममा बढी प्रदुषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाईमा ध्यान दिनुपर्ने हो । आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदुषण काठमाडौंसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदुषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाई हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाईमा नलाग्ने हो भने वायु प्रदुषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोर फाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदुषणलाई कम गर्न सकिन्छ । वायु प्रदुषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको