१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

जेलमा आक्रमण गरी १४ को हत्या



एजेन्सी । बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए । सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्‍याइएको छ । त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् ।

उनीहरुलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन । त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरुले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले सो जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो