कास्की । सरकारले आइतबार (आजदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औचारिक रुपमा सञ्चालनमा ल्याउँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान ११ बजे विमानस्थल उद्घाटन गरेसंगै विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने छ । विमानस्थल बाट फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदासमेत दिएको छ ।
बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।
प्रतिक्रिया