२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी वा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा