२७ बैशाख २०८२, शनिबार । May 11, 2025

यस्तो रहनेछ बिहिबारको मौसम



काठमाडौं । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ । प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहिबार राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आगामी २४ घण्टामा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा शतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप