२१ माघ २०८१, सोमबार । February 3, 2025

नेपाली कांग्रेस प्रदेश १ संसदिय दलको नेता छान्न शुक्रबार निर्वाचन



विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदिय दलको नेता छान्न शुक्रबार निर्वाचन हुने भएको छ ।

सहमतिको प्रयास असफल भएपछि निर्वाचन मार्फत संसदिय दलको नेता चयन हुने भएको हो । दलको नेताका चार जना आकाँक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गर्नुपर्ने भएको हो । कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार छन् ।

हिमाल कार्की पनि दलको नेताको आकाँक्षी हुन् । सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो । निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते