१७ फाल्गुन २०८२, आइतबार । March 1, 2026

नेपाली कांग्रेस प्रदेश १ संसदिय दलको नेता छान्न शुक्रबार निर्वाचन



विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदिय दलको नेता छान्न शुक्रबार निर्वाचन हुने भएको छ ।

सहमतिको प्रयास असफल भएपछि निर्वाचन मार्फत संसदिय दलको नेता चयन हुने भएको हो । दलको नेताका चार जना आकाँक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गर्नुपर्ने भएको हो । कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार छन् ।

हिमाल कार्की पनि दलको नेताको आकाँक्षी हुन् । सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो । निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो