९ कार्तिक २०८३, सोमबार । October 26, 2026

अमेरिकामा चिसोका कारण ५६ जनाको मृत्यु


१२ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । उत्तरी अमेरिकामा बढेको चिसोका कारण हालसम्म ५६ जनाको मृत्यु भएको छ ।

चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको र चिसोकै कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर क्याथे हुचेलले भनेकी छन्, ‘बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो ।

प्रकृतिले आफूसँग भएका सबै कुराले हामीलाई प्रहार गरिरहेकी छन् ।’ सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएपनि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेको जनाइएको छ । अन्तराष्ट्रि सञ्चारमाध्यमका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरुलाई चिसो प्रभावित क्षेत्रको रुपमा राखिएको छ ।

मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ । हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ ।

केही स्थानमा विद्युत आपूर्ति पनि बन्द भएको छ । यद्यपी मौसमविदहरुले भने हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन्

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा