२९ बैशाख २०८२, सोमबार । May 12, 2025

कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ



काठमाडौं । अवैध लागू औषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई गत पुस ६ गते पक्राउ गरी लागू औंषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानको कामलाई अघि बढाइएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए । प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ ।

त्यसैगरी ३३ केजी चरेशसहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । गत पुस ४ गते काठमाडौंको चन्द्रागिरी बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, सोही ठाउँका चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागू औषध नियन्त्रण व्यूरोले जनाएको छ ।उनीहरुबाट बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रहेको व्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः बर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु, र

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो