२९ बैशाख २०८२, सोमबार । May 12, 2025

राहदानी विभागमा सेवाग्राहीहरुको भीड



काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।

केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ । शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घण्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ ।

छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरु उल्लेख्य रहेका छन् । राहदानी विभागले पुस ५ गतेदेखि अपरान्ह साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ शुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ शुरु हुने गरेको थियो ।

सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भनेपनि अनलाइन सेवा चुस्त नहुँदा झनै समस्या परेको सेवाग्राहीहरु बताउँछन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य