२४ भदौ २०८३, बुधबार । September 9, 2026

नाइजेरियामा हैजाबाट ज्यान गुमाउनेको संख्या ५१ पुग्यो


५ पुस २०७९, मंगलबार  

9
Shares

एजेन्सी । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।

उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म यहाँ २० को ज्यान गएको बताइएको थियो । पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको छ ।

ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ । यहाँको उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ । नाइजेरियाली सरकारले यहाँका १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ ।

यहाँका ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated