१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

कांग्रेसकै नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत


३ पुस २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सबैभन्दा ठूलो पार्टी भएकाले काँग्रेसको नेतृत्वमा सरकार बनाउनु स्वभाविक भएको बताए ।

उनले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनमा रहेका र अन्य दलहरुसँग पनि छलफल अगाडी बढाउने निर्णय भएको समेत उल्लेख गरे । वर्तमान सत्तारुढ गठबन्धनको सरकारलाई नै निरन्तरता दिने आफूहरुको लक्ष्य भएको उनको धराण छ । बैठकले संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्दाम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ ।

निर्वाचन समितिका अन्य सदस्यहरुमा केन्द्रिय सदस्य पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही रहनुभएको प्रवक्ता महतले जानकारी दिए । त्यस्तै सातवटै प्रदेशहरुमा पनि सबै दलहरुसँग समन्वय गरेर सरकार गठनको प्रक्रियालाई अगाडी बढाउने निर्णय भएको उनको भनाइ छ ।

प्रवक्ता महतले ३ दिनभित्रमा काँग्रेस संसदीय दलको निर्वाचन भइसक्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali