२६ मंसिर २०८२, बिहिबार । December 11, 2025

सात वटै प्रदेश प्रमुखसमक्ष बुझायो आयोगले निर्वाचन प्रतिवेदन



काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएका हुन् । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाइसकेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई धन्यवाद दिए । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आयोगको तर्फबाट शुभेक्षा प्रकट गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश- १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुष ६ र महिला ३१ जना गरी कुल ३७ जना निर्वाचित भएको बताए । प्रदेश १ मा कुल ९३ जना सदस्यहरु रहेका छन् । त्यस्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभासँग कानूनबमोजिम अबका काम अघि बढाउने बताए ।

उनले संविधानले तोकेको मिति र दायराभित्र रहेर प्रदेश सभालाई अघि बढाउने र प्रदेश सरकार गठन गराउने प्रतिवद्धता जनाए । गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम शनिबार एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शम्शेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले