२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँः चिरिबाबु महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन् ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन् । उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताए । उनले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए ।

उनले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए । उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका यसमा हुनुपर्ने बताए ।

उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भुमिका खेल्नुपर्ने बताए । मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी गरे ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय