१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

सातै प्रदेशका प्रमुखलाई आयोगले निर्वाचन प्रतिवेदन बुझाउने


२ पुस २०७९, शनिबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए । यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी दिए । प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १,आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी वागमती पुगेका छन् ।

गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउने छन् । सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकीकुमारी तुलाधरले प्रतिवेदन बुझाउने प्रवक्ता पौडेलले जानकारी दिए । प्रतिवेदन बुझाउनुअघि शनिबार नै सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ । आयोगको प्रतिवेदन बुझिसकेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संघमा जस्तै सातै प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेका छैनन् । आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali