२५ माघ २०८१, शुक्रबार । February 7, 2025

देउवाले पार्टीका नवनिर्वाचित सांसदलाई बोलाए बालुवाटार



काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन् ।

निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् । कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला र प्रकाशमान श्रेष्ठले आकांक्षा देखाएका छन् । यसै साताभित्र संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कांग्रेसको तयारी छ । 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी