११ चैत्र २०८२, बुधबार । March 26, 2026

कागेश्वरी मनोहराका मेयर कार्कीको नेतृ पोखरेलले मागिन् राजिनामा


१ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं- २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु-थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन् ।

शुक्रबार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने बताएकी हुन् । एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताइन् । उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिइन् । नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरेपनि मेयरले बेवास्ता गरेको आरोप लगाइन् ।

सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भन्दै उनले प्रश्नसमेत गरिन् ।समाजसेवीसमेत रहेकी पोखरेलले साँखु-थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन् । उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन् । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali