२६ मंसिर २०८२, बिहिबार । December 11, 2025

कागेश्वरी मनोहराका मेयर कार्कीको नेतृ पोखरेलले मागिन् राजिनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं- २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु-थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन् ।

शुक्रबार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने बताएकी हुन् । एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताइन् । उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिइन् । नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरेपनि मेयरले बेवास्ता गरेको आरोप लगाइन् ।

सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भन्दै उनले प्रश्नसमेत गरिन् ।समाजसेवीसमेत रहेकी पोखरेलले साँखु-थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन् । उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन् । 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ४ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले