११ चैत्र २०८२, बुधबार । March 26, 2026

मानवसेवा आश्रमको भवन निर्माणका लागि नेपथ्य लाईभ कन्सर्ट


२९ मंसिर २०७९, बिहिबार  

18
Shares

कास्की । मानवसेवा आश्रमको भवन निर्माणका लागि पुस १२ गते पोखरामा ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ ।

कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम मार्फत आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो । आश्रम निर्माणका लागि महिनाव्यापी हुने नेपथ्य लाइभ कन्सर्ट अन्तर्गत मंसिर १६ गते विराटनगरबाट सुरु भई पुस १६ गते काठमाडौँमा समापन हुनेछ । मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशालामा, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रंगशालामा कन्सर्ट भएको थियो ।

पुष ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगरको मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अंग्रजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । कार्यक्रमको टिकल बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकल लिन सकिने आश्रमले जनाएको छ । पोखरा आश्रमले आगामी माघ २० गतेदेखि श्रीमत् भागवत ज्ञान विज्ञान महायज्ञ आयोजना गरी आर्थिक संलन गर्ने योजनासमेत बनाएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

पोखरामा रहेको शाखा मानवसेवा आश्रमको नवौँ शाखा हो । विसं २०७४ साल चैत १७ मा पोखरा महानगरपालिका १७ छोरेपाटनमा आश्रमले शाखा विस्तार गरेको थियो । हालसम्म मानवसेवा आश्रम भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ ।

आश्रमको निर्माणपछि यहाँ २०० जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिनेछ । हालसम्म गण्डकी प्रदेश सरकारको रु दुई करोड, पोखरा महानगरपालिकाको रु ५० लाख, स्थानीय परोपकारी व्यक्तिहरुको रु एक करोड, अन्य स्थानीय पालिकाहरुको रु १५ लाख सहयोग प्राप्त भइ भवन निर्माण जारी छ । खाना, नाना, र छानाको अभावमा पोखरासहित नेपालकै सडकपेटीमा रहनु नपर्ने अवस्था सिर्जना गर्ने संकल्पका साथ सुरु भएको यो अभियानलाई पूर्णता दिन पोखरा महानगरवासी तथा देश विदेशमा रहनुभएका परोपकारी मनहरुले खुलेर योगदान गर्नुहुनेमा आफू विश्वस्त रहेको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali