२५ मंसिर २०८२, बुधबार । December 10, 2025

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइँदै



काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

हरेक वर्ष डिसेम्बर १८ मा मनाइने गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसलाई यस वर्ष पनि सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै डिसेम्बर १६ देखि २२ तारिखसम्म सप्ताहव्यापी रुपमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागिएको जानकारी गराएको हो । मुल समारोह समितिका संयोजक तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी श्रमिक दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको बताए ।

यस वर्षको दिवसलाई नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नाराका साथमा मनाउन लागिएको उनले जानकारी दिए । दिवसका लागि विभिन्न नाराहरु पनि तय गरिएका छन् । अप्रवासी श्रमिकको स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार, आप्रवासी श्रमिकको सम्मान गरौँः समान कामका लागि समान ज्याला कायम गरौँ, महिला अप्रवासी श्रमिकको सम्मान गरौँः लैंगिक विभेदको अन्त्य गरौँ, आप्रवासी र आश्रित परिवारको संरक्षण गरौँ र स्वास्थ्य र सामाजिक सुरक्षाको आधारः व्यवस्थित र सम्मानित वैदेशिक रोजगार लगायतका नाराहरु तय गरिएका छन् ।

प्रदेश सरकार र स्थानीय पालिकाको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरु, सबै राजनीतिक दल, नागरिक समाज, गैर सरकारी एवं निजी संघसंस्थाहरु, ट्रेड युनियन, सञ्चार क्षेत्र र आप्रवासी श्रमिक तथा उनीहरुका परिवार समेतको सक्रियतामा कार्यक्रम हुने सचिव अर्यालको भनाई छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले