२१ मंसिर २०८२, शनिबार । December 6, 2025

समलिङ्गी विवाहलाई मान्यता दिदैं अमेरिका, विधेयकमा बाइडेनले गरे हस्ताक्षर



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले समलिङ्गी र अन्तरजातीय दम्पतीहरूका लागि नयाँ संघीय सुरक्षासम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा ह्वाइट हाउसमा हजारौं समर्थकलाई बोलाएर बाइडेनले ऐनमा हस्ताक्षर गरेका हुन् । अमेरिकाका संसदका दुबै सदनबाट समलिङ्गी विवाह संरक्षण गर्ने बिल बहुमतले पारित भएको थियो । नोभेम्बरको अन्तिमसाता अमेरिकी सिनेटबाट पारित भएको बिल गतसाता प्रतिनिधिसभाबाट पनि पारित भएको थियो ।

प्रतिनिधिसभामा बिलका पक्षमा २५८ भोट र विपक्षमा १६९ भोट खसेको थियो । ३९ रिपब्लिकनले डेमोक्र्याटको साथ दिएका थिए । बिलले सबै राज्यहरूले समलिङ्गी विवाहलाई वैधानिक बनाउनु पर्ने राष्ट्रिय आवश्यकता सेट नगरेपनि एउटा राज्यले अर्को राज्यको कानुनी समलिंगी विवाहलाई मान्यता दिन आवश्यक रहेको मापदण्ड तय गरेको छ ।​

सिनेटरहरुले धार्मिक स्वतन्त्रतासँग सम्बन्धित बिलमा भाषा थप्न वार्ता गर्न महिनौं बिताएका थिए । सिनेटमा कुल १२ रिपब्लिकनले सबै डेमोक्र्याटहरूसँग बिलको समर्थनमा मतदान गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको